प्रदेश

बँदेलको आक्रमणबाट दाङमा चार जना गम्भीर घाइते

जंगली बँदेलकाे आक्रमणबाट दाङमा चार जना गम्भीर घाइते भएका छन् । शनिबार दाउरा काट्न बकेन सामुदायिक  वनमा गएका आठ जनामध्ये चार जनालाई बँदेलले आक्रमण गरेको हो । 

घाइते हुनेमा लमही नगरपालिका वडा नम्बर १ बरूवा गाउँका ४० वर्षीया हिरादेवि चौधरी, २ नम्बर वडा डोढइका ८ वर्षीय शिरीष गिरी, त्यही ठाउँका ५५ वर्षीया धनिया चौधरी रहनु भएको छ । घाइते एक जनाको नाम र ठेगाना खुल्न सकेको छैन । 

घाइतेमध्ये दुईजनालाई लमही र फलोरेन्स् अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि बुटवल रिफर गरिएको छ भने अन्य दुईजना घाइतेको उपचार लमही अस्पतालमा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close