समाचार

कर्णाली उत्सवको दोश्रो संस्करण फागुनमा हुने

[mashshare]

कर्णाली उत्सवको दोश्रो संस्करण आगामी फागुनमा हुने भएको छ । आयोजक ऋति फाउण्डेशनले आइतवार पत्रकार सम्मेलन गर्दै उत्सवको दोस्रो संस्करण आउँदो फागुन २७, २८ र २९ गते तीन दिनसम्मस संचालन हुने जनाएको हो । कार्यक्रम प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा हुने बताइएको छ । सुर्खेतस्थित ऋति फाउण्डेशनको अगुवाइमा कुडा कर्णालीका भन्ने मुल नाराका साथ विभिन्न व्यक्तिहरु, सरकारी तथा गैरसरकारी निकायहरुसंगको सहकार्यमा कर्णाली उत्सव संचालन हुने भएको आयोजकले जनाएको छ ।

अघिल्लो संस्करणमा केन्द्रीकृत सत्ताबाट उपेक्षित, दुर्गम र अविकासको मानक बनेको कर्णालीका संस्कार र समानता खोतल्ने प्रयास गरेको शासकसामू उभिन नसक्ने नागरिकलाई प्रश्न किन गर्ने भनेर जवाफदेहिताको लागि खबरदारी गर्न उत्प्रेरणा दिने बहस पनि समेट्ने कोशिष गरियको थियो ।
कर्णाली उत्सव हरेक वर्ष आयोजना गरिने विचारको कुम्भ मेला हो । उत्सव आफैंमा एउटा उत्साहजनक अवस्था पनि हो । अध्ययन तथा अनुसन्धानका लागि विषय पहिल्याइन्छ । उत्सवमा ५० बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तिको अतिथि वक्ताको रुपमा उपस्थिति रहने आयोजक समितिका सदस्य दिनेश गौतमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close