समाचार

अज्ञात राेगका कारण पञ्चपुरीका ३ दर्जन बाख्रा मरे,

पहिचान हुन नसकेको अज्ञात राेगका कारण पञ्चपुरीमा बाख्राहरु मर्न थालेका छन । सुर्खेत पञ्चपुरी वडा नं १० जामुका ७ घरपरिवारका ३ दर्जनभन्दा बढि बाख्राहरु मरेका हुन । स्थानीय महेन्द्र ढकालका १९, हरि ढकाल का ३, भवानि ढकालका ४, जन्म ढकालका २, मीन देवकोटाका ३ , चावली देवकोटाका ३, प्रेम ढकालका २, गाैरे ढकालका १ र हरि देवकाेटाका बाख्रा मरेकाे स्थानीयले बताएका छन । सुरुमा टाउकाे सुनिने, घाँस बेला बेला नखाने, छिन छिनमा पिसाव गर्ने लक्षण देखिने गरेकाे र लक्षण देखिएकाे ३ दिनमै बाख्रा मर्ने गरेका छन । बिरामी भएर मरेका बाख्राकाे फाेक्साे छिया छिया परेकाे, पित्त बढेकाे देखिने गरेकाे छ ।

स्थानीय पशु क्लिनिकबाट अाैषधि लिएर उपचार गरेपनि प्रभावकारी रुपमा अाैषधिले काम नगरेकाे स्थानीय कृषक बताउछन । यता पशुपंक्षि बिकास शाखा पञ्चपुरी का प्रमुख हसना सारुले यश बिषयमा अाफुलाई कुनै जानकारी नभएको र जानकारी भएमा तत्काल अाैषधी उपचारकाे ब्यवस्थापन गर्ने बताईन । कृषकहरुले सामान्य समस्या राखेर अाैषधि लिने गरेकाे र कार्यालयमा समस्या नभनेकाे उनकाे भनाइ रहेकाे छ । तत्काल समस्या समाधान नगरे अन्य बाख्राहरुमा पनि राेग फैलने सम्भावना रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close