राजनीति

बाबियाचाैरमा काङ्ग्रेसको माेटरसाईकल र्‍याली,

[mashshare]

नेपाली काङ्ग्रेस सुर्खेत क्षेत्र नं २ ख को आयोजना मा मोटरसाइकल र्‍याली सम्पन्न भएको छ । संसद बिघटन गर्ने प्रधानमन्त्रीको निर्णयको विरोध गर्दै पञ्चपुरी वडा नं २ को पलैटे देखि सुरु भएको र्‍याली बाबियाचौर हुँदै पञ्चपुरी ९ को बिद्यापुरमा पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा करिब २ सय भन्दा बढी मोटरसाइकल सहभागी भएका थिए । संसद विघटन, सर्बसत्ताबाद र भ्रष्टाचारका विरुद्ध नेपाली काङ्ग्रेसले यस अघि देखि नै देशब्यापी बिरोधका कार्यक्रम गर्दै आएको छ ।

सरकारको अहिलेको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै नेपाली काङ्ग्रेस ले विभिन्न आन्दोलन का कार्यक्रम घोषणा गरेको हो । बिराेध कार्यक्रम अन्तरगत नेपाली काङ्ग्रेस क्षेत्र नं २ ख को आयोजना मा पौष २५ गते पञ्चपुरीको बाबियाचौर मा बिरोध सभाको आयोजना गरेको क्षेत्र नं २ ख का सभापति कृपाराम थापाले जानकारी दिनुभएको छ । साथै थापाले उक्त सभामा नेपाली काङ्ग्रेस सुर्खेत क्षेत्र नं २ ख का काङ्ग्रेसका भातृ संघ, संघठनका कार्यकर्ता लगाएत सबैलाई उपस्थित हुन आग्रह समेत गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close