राजनीति

संसद बिघटनका बिरुद्ध नेपाली काङ्ग्रेसको बाबियाचाैरमा बिराेध प्रदर्शन,

[mashshare]

संसद बिघटनका बिरुद्ध नेपाली काङ्ग्रेसले गरेकाे देशभरकाे प्रदर्शन अनुसार पञ्चपुरीमा पनि बिराेध कार्यक्रम गरिएको छ । नेपाली काङ्ग्रेस सुर्खेत निर्वाचन क्षेत्र नं २ ‘ख’ काे अायाेजनामा बाबियाचाैरमा बिराेध कार्यक्रम गरिएको हाे । नेपाली काङ्ग्रेसकाे पार्टी कार्यालयबाट बिराेध जुलुस बाबियाचाैर बजारमा पुगेर सभामा परिणत भएको हाे । कार्यक्रम मा नेपाली काङ्ग्रेसका पुर्ब पार्टी सभापति तप्तबहादुर बिष्टले अहिलेकाे सरकारलाई दुई तिहाइकाे मात लागेकाे र अब काे नेतृत्व नेपाली काङ्ग्रेसकाे काधमा रहेको बताउनुभएको छ ।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि पुर्ब सुचना तथा सञ्चार मन्त्री शिबराज जाेशीले नेपाली काङ्ग्रेसले थुप्रै अान्दाेलनकाे नेतृत्व गर्दै देशमा शान्ति स्थापना गरेकाे स्मरण गराउनुभयाे । नेकपा सरकारकाे काम बाट जनता दिक्क भैसकेको हुदा अब काङ्ग्रेसको पक्षमा जनलहर बढ्ने बताउनुभएको छ । कार्यक्रममा नेपाली काङ्ग्रेस सुर्खेतका पार्टी सचिब टाेपबहादुर रावत, कलम खत्री, कृतिराज जाेशी, छबिलाल सिग्देल, लालबिर भण्डारी, उपेन्द्र बहादुर थापा, तेजबहादुर बस्नेत, गजराज जाेशी, भगे कामि लगाएतका नेताहरुले अाफ्नाे भनाइ राख्नुभएको थियाे ।

कार्यक्रमका पञ्चपुरी ४ का कृष्णराज तिमिल्सिना नेकपा बाट पुनः नेपाली काङ्ग्रेसमा फर्कनुभएकाे छ । नेपाली काङ्ग्रेसका प्रदेश ख का सदस्य शन्ताेष खनालले संचालन गरेकाे कार्यक्रम प्रदेश सभापति कृपाराम थापाको अध्यक्षतामा सम्पन्न भएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close