समाचार

शिद्धेश्वरी सामुदायिक वनकाे नयाँ कार्यसमिति गठन,

[mashshare]

पञ्चपुरी नगरपालिका वडा नं ५ र ६ मा रहेकाे शिद्धेश्वरि सामुदायिक वन उपभाेक्ता समितिकाे साधारणसभा सम्पन्न भएकाे छ । सुर्खेत काे पञ्चपुरी ६ मा रहेको गाैरिशंकर बिद्यालय काे प्राङ्गणमा साधारणसभा भएको हाे । साधारणसभाले नरबहादुर सिजापतीकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ ।

जसकाे उपाध्यक्षमा शंकर प्रसाद रिमाल, सचिव तेज बहादुर राेकाय, सह सचिब पदम सार्की र काेषाध्यक्ष निर्मला सिंह रहनुभएकाे छ । त्यस्तै सदस्यहरूमा पुष्पा बि क, देविसरा सार्की, प्रसना थापा, लक्ष्मी बिष्ट, हर्क सावद र नन्नकली सार्की रहेका छन । साधारणसभा शिद्धेश्वरी सामुदायिक वन उपभाेक्ता समितिका अध्यक्ष देब बहादुर रावलकाे सभापतित्वमा सम्पन्न भएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close