शिक्षासमाचार

पञ्चपुरीमा बिद्यालयका लागि मास्क र थर्मगन बितरण,

[mashshare]

नेपाल सुरक्षित बिद्यालय परियाेजना (NSSP) अन्तरगत पञ्चपुरीका बिद्यालयका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । पञ्चपुरीका ५३ अाेटा सामुदायिक बिद्यालयका लागि थर्मगन १ सय ६ थान, मास्क २५ हजार अाइईसिडि २० सेट र थर्मगनकाे ब्याट्री १ सय ६ थान परियाेजना संयाेजक प्रेम चन्दले नगर शिक्षा शाखा पञ्चपुरीका पुर्णिमा चन्दलाई हस्तान्तरण गर्नुभएको हाे । बिद्यालयका बालबालिकाहरुलाइ बिद्यालय अाउनु अगाडि गेटमै ज्वराे जाँच गरेपछि काेराेना बाट वचन सकिने बिपत जाेखिम न्युनिकरण अधिकृत तेज साेनामले जानकारी दिनुभयाे ।

त्यस्तै पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापाले परियाेजनाले गरेकाे सहयाेगकाे उच्च कदर गर्दै धन्यवाद समेत दिनुभएको छ । कार्यक्रममा नगरशिक्षा का पुर्णिमा चन्दले माघकाे पहिलाे हप्तामा सबै बिद्यालयमा सामाग्री पुर्‍याउने र प्रयाेगकाे बारेमा निरन्तर अनुगमन गर्ने बताउनुभयो । डिएफअाईडिकाे सहयाेगमा सुर्खेतकाे वीरेन्द्रनगर ,भेरीगंगा, गुर्भाकाेट, सिम्ता र पञ्चपुरी मा सामाग्री बितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close