राजनीति

विप्लवले देशव्यापी प्रदर्शन र नेपाल बन्द गर्ने,

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता तथा कार्यकर्ता धरपकडको विरोधमा देशव्यापी आन्दोलन गर्ने भएको छ। नेता तथा कार्यकर्ता रिहाइ नगरे माघ ३, ५,७ र ९ गते देशव्यापी विरोध प्रदर्शन गर्ने र १० गते नेपाल बन्दको घोषणा गरेको छ।

महासचिव विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीका केन्द्रीय समिति सचिवालयका सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई प्रहरीले ललितपुरबाट पक्राउ गरेकोमा आपत्ति प्रकट गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन्। प्रहरीले कञ्चनसहित ब्युरो सदस्य विवेक र विशाललाई पनि नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close