शिक्षा

नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय लगामकाे ४७ अाैं बार्षिकाेत्सब सम्पन्न,

[mashshare]

बार्षिकाेत्सब सम्पन्न, नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय लगाम चौकुने २ सुर्खेतको ४७ औं वार्षिकोत्सब तथा सामाजिक परिक्षण लगाममा सम्पन्न भएको छ । कार्यक्रममा बिद्यालयकाे प्रगति प्रतिबेदन प्रधानाध्यापक लालबहादुर थापा मगरले र सामाजिक परिक्षणको प्रतिबेदन सामाजिक परिक्षण समितीका सदस्य शिक्षक मनबहादुर सिजापती मगरले प्रस्तुत गर्नु भएको थियोे ।कार्यक्रमका प्रमुख अतिथि वडा नं २ का अध्यक्ष मायाराम जैशीले बिद्यालयकाे प्रगति काे शुभकामना ब्यक्त गर्दै अागामि दिनमा वडा बाट अाबश्यक सहयोग र समन्वय गर्ने बताउनुभएको छ ।

कार्यक्रममा अतिरिक्त क्रियाकलापमा प्रथम ,दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई स्टेसनरी पुरस्कार बितरण गरिएकाे छ । त्यसैगरी कक्षा ८ मा प्रथम हुने छात्रा मुना भण्डारी र उत्कृष्ट अनुशासित बिद्यार्थी कक्षा ११ मा अध्यनरत छात्रा कल्पना रोकायलाई नगद पुर्णकला छात्रवृत्ति पुरस्कार र प्रशंसापत्र समेत प्रदान गरिएको बिद्यालयले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य समेत प्रस्तुत गरेका हुन । शिक्षक मनबहादुर सिजापतीले संचालन गरेकाे कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अर्जुन सिंह जनालाको अध्यक्षतामा सम्पन्न भएको बिद्यालयका शिक्षक टंक थापाले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close