राजनीतिसमाचार

नेकपाका दुई समूहबिच भएको झडपमा घाइते भएका वडाध्यक्षलाई थप उपचारका लागि हेलीकप्टरबाट सिमकोट ल्याईयो ।

[mashshare]

 हुम्लाको अदानचुची गाउपालिकामा नेकपाको ओली र प्रचण्ड-नेपाल समूहबिच झडप हुदा अदानचुली गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रंग थापा घाइते भएका छन् । घाईते थापालाई आझै थप उपचारका लागि हेलीकप्टर जिल्ला अस्पताल सिमकोट ल्याईएको छ ।

आईतबार दिउसो वडाध्यक्ष थापाको नेतृत्वमा अदानचुलीको कल्ख्यामा नेकपाको ओली पक्षले वडा कमिटी गठन गरेर फर्कने क्रममा बाटोमा प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताहरुले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापा घाइते भएका गाउँपालिका अध्यक्ष दल फडेराले बताएका छन ।

थापाको टाउको तथा मुखमा चोट लागेको छ । स्थानीय स्वास्थ्य चौकीमा अध्यक्ष थापालाई ६ वटा टाँका लगाइ उपचार गरिएको भए पनि स्थानीय स्वास्थ्य चौकीमा वडा अध्यक्ष थापाको उपचार नहुन भएपछि माउण्टेन एयरको हेलीकप्टर चार्टर गरी थप उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याईएको गाउँपालिका अध्यक्ष फडेराले बताएका छन ।

वडा अध्यक्ष थापाको अहिले जिल्ला अस्पताल सिमकोटमा उपचार भईरहेको छ । पूर्व माओवादीबाट वडा अध्यक्षमा निर्वाचित थापा नेकपा २ समुहमा बिभाजित हुदा उनी अहिले ओली समूहमा लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close