समाचारसमाज

पञ्चपुरी ६ का जेष्ठ नागरिकलाई सम्मान,

[mashshare]

पञ्चपुरी नगरपालिका वडा नं ६ ले अाफ्नाे वडा भित्र रहेका जेष्ठ नागरिक हरुलाई सम्मान गरेकाे छ । ७० बर्ष देखि माथिका १ सय ६ जना जेष्ठ नागरिक लाई दाेसल्ला अाेढाएर सम्मान गरिएकाे हाे । नियमित गर्दै अाएकाे सम्मान कार्यक्रम अन्तरगत वडा कार्यालयले गत बर्ष जेष्ठ नागरिकहरुलाइ छाता बितरण गरेकाे वडा सचिव छवि कडेलले जानकारी दिनुभयाे । अाज सम्मान गर्न बाकि रहेका जेष्ठ नागरिक हरुलाई घरमै पुगेर सम्मान गरिने वडा कार्यालयले जनाएको छ ।

कार्यक्रम मा बाेल्दै वडा अध्यक्ष खड्क बहादुर थापाले जेष्ठनागरिक पछिल्लो पुस्ताकाे सल्लाहकार भएको हुदा सम्मान गर्नु सबैकाे कर्तव्य भएको बताउनुभयो । कार्यक्रमका सहभागी हरुले वडा कार्यालयले जेष्ठ नागरिकलाइ गरेकाे सम्मानकाे प्रशंसा गर्दै खुसि ब्यक्त समेत गरेका छन ।

वडा सदस्य रुक्मि देवकोटाले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा वडा सदस्य सज्जन कार्की, देब बहादुर सार्की, नेपाली काङ्ग्रेस क्षेत्र नं २ का सभापति लालबिर भण्डारी, लगाएतकाे सहभागीता रहेकाे थियाे । कार्यक्रम वडा अध्यक्ष खड्कबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close