समाचार

जग्गाधनी पुर्जा वितरणमा एक इञ्च तलमाथि भए कारबाही हुन्छ : मन्त्री तुम्बाहाङ्फे,

काठमाण्डाै – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणमा एक इञ्च पनि तलमाथि भए दोषीलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

भूमि समस्या समाधान आयोगका जिल्ला समिति अध्यक्ष तथा सदस्यलाई निर्देशन दिँदै मन्त्री तुम्बाहाङ्फेले कानुनभन्दा बाहिर गएर काम नगर्न निर्देशन दिनुभयो । मन्त्री तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा वितरण गर्दा बिचौलियाहरु सक्रिय रहनेतर्फ सचेत गराउँदै त्यस्ता व्यक्ति र समूहबाट टाढै रहन निर्देशन पनि दिनुभयो ।

आयोगका पदाधिकारी नै सर्वेसर्वा नभएको भन्दै मन्त्री तुम्बाहाङ्फेले आफ्नो निश्चित अधिकार मात्रै रहेको मनन् गर्न र ऐनले तोकेको काम मात्रै गर्न आग्रह गर्नुभयो । सरकारले अघिल्लो हप्ता ७७ वटै जिल्लामा अध्यक्षसहित विज्ञ सदस्य र सदस्य गरी तीन–तीन जना नियुक्त गरेको थियो । मन्त्री तुम्बाहाङ्फेले नौ लाख जना भन्दा बढीलाई जग्गाको लालपुर्जा दिनुपर्ने दायित्व रहेको भन्दै जिम्मेवारीपूर्वक काम गर्न पनि निर्देशन दिनुभएको छ ।  ujyaalo

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close