खेलकुद

राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबको फराकिलो जित,

[mashshare]

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले फराकिलो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा आज भएको खेलमा आर्मीले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ९–० ले हराएको हो । आर्मीका रश्मी घिसिङले ४ गोल गरिन् । यस्तै सर्मिला थापाले दुई तथा भुजङ्गा राई र अन्जली वाइवाले एक/एक गोल गरे ।

आर्मीले एक गोल आत्मघाति उपहार पाएको थियो । जितसँगै आर्मीले ७ खेलमा १६ अंक जोडेको छ । आर्मी दोस्रो स्थानमा रहेको छ । लगातार सातौं हार व्यहोरेको चौदण्डी पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close