कारोबारसमाचार

भेरीकाे साधारणसभा सम्पन्न,

भेरी सामुदायिक ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड को १२ औँ बार्षिक चुनाबि साधारण सभा पञ्चपुरी नगरपालिका को बाबियाचौरमा सम्पन्न भएको छ । साधारण सभामा सहकारीका कोषाध्यक्ष हिरामणि पौडेल ले आर्थिक बर्ष २०७६/७७ को ५१ लाख १९ हजार ४ सय ९ रुपैया बराबरको अायब्यय प्रस्तुत गर्नुभएको हाे । साधारण सभा का प्रमुख अतिथी जिल्ला कृषी सहकारी संघ का सदस्य जगत कुमारि थापा, नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रिय सभापती लालबिर भण्डारी, नेपाली कांग्रेस क्षेत्र नं २ प्रदेश ख सभापती कृपाराम थापा र सहकारी पुर्ब अध्यक्ष पदमपाणि लामिछाने लगाएतका अतिथीहरु रहनुभएको थियो ।

साधारणसभामा ९ सदस्यीय नया समिति चयन गरिएको छ । जसमा अध्यक्ष मा राम बहादुर बिष्ट, उपाध्यक्षमा चन्द्रा सापकोटा, सचिवमा लोक बहादुर बुढा, कोषाध्यक्षमा हिरामणि पौडेल रहनुभएको छ । यसैगरी सदस्य हरुमा पुर्ण प्रसाद ढकाल, बल बहादुर थापा, बुद्धि प्रसाद सापकोटा, सुनिता थापा लामिछाने र रमेश कुमार कंडेल रहनुभएको छ । लोक बहादुर बुढाले संञ्चालन गर्नुभएको साधारण सभा सहकारीका अध्यक्ष राम वहादुर बिष्टको सभापतित्वमा सम्पन्न भएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close