समाचारसमाज

बिद्यापुर बजार यसै अार्थिक बर्षमा कालाेपत्रे हुने,

[mashshare]

सुर्खेतकाे पञ्चपुरी नगरपालिका वडा नं ९ बिद्यापुर बजार यसै अार्थिक बर्षमा कालाेपत्रे हुने भएको छ । पञ्चपुरी नगरपालिका काे ६५ लाख र केन्द्र सरकारकाे ६५ लाख गरि १ कराेड ३० लाखकाे लगानीमा कालाेपत्रे हुने भएको छ । ९ मिटर चाैडाई र ७ सय मिटर लम्बाई सम्म कालाेपत्रे गरिने र यसै अार्थिक बर्षमा सकिने गरि काम थालनी गरिने पञ्चपुरी नगरपालिकाका ईन्जिनियर नरेन्द्र भण्डारीले बताउनुभएको छ । सर्भेकाे काम सकिएकाे र अब लगतै काम सुरु गरिने भएको छ ।

बिद्यापुर बजार ब्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम घिमिरेले स्थानीय सरकारले गरेकाे काम प्रशंसनीय भएको बताउनुभएको छ । कालाेपत्रे भएपछि साघुराे बाटाे, फाेहाेर र धुलाे खानुपर्ने बाध्यता हट्ने तथा दुर्घटनाकाे जाेखिम समेत कम हुने उहाकाे भनाइ रहेकाे छ । सडक कालाेपत्रे गर्नका लागि सफल कन्ट्रक्सन सुर्खेतले निर्माणकाे जिम्मा लिएकाे छ । पञ्चपुरी नगरपालिकाले यस अघि वडा नं २ काे पलैटे बजार कालाेपत्रे गरिसकेको छ भने बाबियाचाैर बजारमा काम सुरु भैरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close