प्रदेशसमाचार

पञ्चपुरीकाे प्रमुख प्रशासकीय अधिकृतमा- अर्याल,

[mashshare]

सुर्खेत पञ्चपुरी नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत काे जिम्मेवारी नारायण अर्यालले सम्हाल्नुभएकाे छ । प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद देबकाेटा दैलेख सरुवा भएपछि नगरपालिकाकाे कामकाजकाे जिम्मेवारी मन्त्रालयले नगरपालिका का लेखा अधिकृत माेहनबहादुर बुढालाई दिएकाे थियो ।

आज जिम्मेवारी सम्हाल्दै अर्यालले नगरपालिका भित्र का कर्मचारी संग मितब्ययी हुँदै जनप्रतिनिधिले अघि बढाएका कामलाई पुर्णता दिने बताउनुभएको छ । “हामी कर्मचारी जनप्रतिनिधिकाे याेजना सफल पार्न माध्यमकाे रुपमा काम गर्ने हाे, यसमा सबैकाे सहयाेग चाहिन्छ” अर्यालले भन्नुभयो । साथै उहाले नगरपालिका एउटा सिङ्गो शरीर भएको उदाहरण दिदै कर्मचारी शरिरका अङ्ग भएको र अङ्ग चलाएमान भए मात्रै शरिर ले काम गर्ने बताउनुभयो ।

कार्यकालकाे सफलताको शुभकामना दिदै नगर उप प्रमुख मुक्ति रेग्मीले समन्वय र सहकार्य भएमा नगरपालिकाकाे बिकास हुने बताउनुभयो । त्यसैगरी नगर प्रमुख उपेन्द्र बहादुर थापाले नगरपालिका भित्र का सबै कर्मचारी मिलेर एक अर्काकाे काममा सहयोग गर्नु पर्ने र सेवाग्राहीलाई मुस्कान सहित सेवा दिनुपर्नेमा जाेड दिनुभएको छ । नगरपालिकाले नया प्रमुख प्रशासकीय अधिकृत अर्याललाई स्वागत गरेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close