कारोबारसमाचार

सल्यानको कालिमाटीमा विधुत पुग्यो,

सल्यानको कालिमाटी गाउँपालिकाको केन्द्रमा पहिलो पटक विजुलि बत्ती बलेको छ । उज्यालो कालिमाटी गाउँपालिका अभियान संचालन गरेको गाउँपालिकाले आफ्नै लगानिमा विजुली बाल्न सफल भएको हो । गाउँपालिकाको केन्द्र वडा नम्बर ३ स्थित रामपुरमा मंगलबार गाउँपालिका अध्यक्ष दान बहादुर केसी र उपाध्यक्ष सनशिलता ओलि डिसीले संयुक्त रुपमा विधुतको उद्घाटन गर्नुभएकाे हाे ।

एक करोड ३८ लाख रुपैयाँको लागतमा आ व २०७६/०७७ को स्वीकृत बजेट अन्तर्गत कालिमाटीमा विद्युत विस्तार भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गोरख बहादुर थापाले जानकारी दिनुभयाे । दाङबाट जोडिएको विद्युतले तत्काल सात सय बढी घरधुरिमा उज्यालो छाउने छ भने यस विधुत लाइनले तीन हजार घर धुरिलाइ सुबिधा प्रदान गर्ने छ ।

यस अघि वडा न यस अघि वडा न १ को लक्ष्मिपुरमा करिव ५ सय सय घरधुरिमा र वडा न ३ को लामिडांडाको ४० बढी घरधुरिमा विजुली बत्ती पुगेको गाउँपालिका अध्यक्ष दान बहादुर केसीले बताउनु भयाे । केही सातामै ४ करोड ५२ लाख को लागतमा बांकी रहेका वडाहरुमा विद्युतिकरणको काम सुरु हुने गाउँपालिकाले जनाएको छ ।

विद्युत सहकारी र गाउंपालिकाको साझेदारिमा योजना संचालन हुन लागेकी उपाध्यक्ष सनशिलता ओलि डिसीले बताइन । साथै गाउंपालिकाकै ४० लाख रुपैयाँको लागतमा यस वर्ष नै थप काम हुने उहाँले बताउनु भयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close