प्रदेशसमाचार

पञ्चपुरीका सबै वडाका सेवा प्रवाह अाफ्नै भवनबाट हुने,

पञ्चपुरी नगरपालिका भित्रका सम्पुर्णवडा कार्यालय भवन यसैै अार्थिक बर्षभित्र बनिसक्ने भएका छन । पञ्चपुरी नगरपालिकाकाे वडा नं १ मा बन्न लागेकाे वडा कार्यालयकाे भवनकाे काम अन्तिम चरणमा पुगेकाे छ । पञ्चपुरी नगरपालिकाकाे करिव ३८ लाख लगानीमा भवन निर्माण गरिएको हाे । उपभोक्ता समितिलाई नै वडा कार्यालय निर्माणकाे जिम्मा दिएपछि काम भरपर्दाे भएको नगरपालिकाले जनाएको छ । काम नियमित अनुगमन गरेकाे र उपभोक्ता समितिले अाफ्नै समुदायमा सरकारी भवन बनाउदा धेरै मेहनत र लगानी लगाएकाे नगरपालिका प्राविधिक डिल्ली अधिकारीले जानकारी दिनुभयाे ।

वडा कार्यालयकाे कामकाज अहिले भाडाकाे घरवाट संचालन भएको र अब केही महिना भित्र अाफ्नै भवनबाट सेवा दिने वडा अध्यक्ष धनबहादुर थापाले जानकारी दिनुभयाे । त्यस्तै वडा नं ६ र ११ काे वडा कार्यालयकाे भवनकाे काम पनि यसै अार्थिक वर्षमा सकिने भएको छ । वडा नं ६ मा झ्याल ढाेका रङराेगन काे काम बाकि रहेकाे निर्माण समितिले जनाएको छ भने वडा नं ११ काे काम संचालन भैरहेकाे छ । पञ्चपुरी नगरपालिकाले सबै वडा कार्यालय हरुकाे अाफ्नै पक्कि भवन बाट सेवा दिने उद्देश्य अनुरुप यसै अार्थिक बर्ष बाट सबै वडा कार्यालयका भवन पुरा हुने भएका छन ।

नगरपालिकाकाे वडा नं ९ काे वडा कार्यालय भवन प्रदेश सरकार र नगरपालिका काे साझेदारीमा निर्माण भएको छ । यस अघि नगरपालिकाकाे वडा नं २, ३, ४, ७, ८, ९ र १० का भवनहरु निर्माण भैसकेकाे छन । वडा नं ५ काे साविकको बाबियाचाैर गाबिसकाे पक्की भवन बाट सेवा प्रबाह भैरहेको छ । नगरपालिकाले अाफ्नाे कार्यालयकाे प्रशासनिक भवनकाे कामलाई पनि तिब्रताका साथ अगाडि बढाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close