कारोबारसमाचार

जग्गाधनी पुर्जाका लागि पञ्चपुरीमा ६ हजार बढिकाे अाबेदन,

[mashshare]

पञ्चपुरी नगरपालिकामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन काम सकिएकाे छ । पञ्चपुरी नगरपालिका ११ अाेटा वडाहरुमा भुमिहिन सुकुम्बासी ९३ जना र अब्यवस्थीत ६ हजार ५ सय १२ जना गरि जम्मा ६ हजार ६ सय ५ जनाले फारम भरेकाे भुमि सम्बन्धि समस्या समाधान अायाेग लगत संकलन ईकाई पञ्चपुरीका संयाेजक पुर्णबहादुर रावलले जानकारी दिनुभएको छ ।

वडा नं १ मा २ सय २२, वडा नं २ मा ८ सय ३९, वडा नं ३ मा ८ सय ४१, वडा नं ४ मा ४ सय ४२, वडा नं ५ मा ७ सय १४, वडा नं ६ मा ६ सय ६६ जना ले फारम भरेका छन । त्यसैगरी वडा नं ७ मा ३ सय १३,वडा नं ८ मा ७ सय १३, वडा नं ९ मा ६ सय ४९, वडा नं १० मा ६ सय ८५ र वडा नं ११ मा ५ सय २१ जनाले फारम भरेका हुन ।

पहिलाे चरणमा वडा नं ४,५ र ६ मा माघ २५ गतेदेखि ३० गते सम्म दाेस्राे चरणमा फागुन १ गतेदेखि ५ गते सम्म वडा नं ८,९,१०,११ र फागुन ६ गतेदेखि १० गतेसम्म वडा नं १,२,३ र ७ मा तथ्यांक संकलनकाे काम सुुरु गरिएको हाे । फागुन १० गते सम्म तथ्याङ्क संकलन गर्ने काम गरिए पनि छुटेका हरुकाे फागुन १३ सम्म संकलन गरिएको हाे ।

यता पञ्चपुरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले फारम भरेका हरुकाे बारेमा सम्पुर्ण वडा हरुमा रुजु गर्ने काम भैरहेकाे र वडा स्तरबाट नगरमा सिफारिस अाएमा थप प्रकृया अगाडि बढाउने बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close