राजनीतिसमाचार

राप्रपाको केन्द्रीय निर्वाचन समिति गठन,

[mashshare]

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाखमा हुने महाधिवेशनका लागि केन्द्रीय निर्वचन समिति गठन गरेको छ । राप्रपाका त्रयअध्यक्षद्वारा आसन्‍न केन्द्रीय महाधिवेशन प्रयोजनका लागि पार्टीको अन्तरिम विधान अनुसार नेता हरिबहादुर बस्नेतको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति गठन गरेको छ ।

समितिमा सह-संयोजक तोरण बहादुर गुरुङ, सचिव प्रा. डा. गीताभक्त जोशी, सह-सचिव झनक प्याकुरेल र सदस्यमा रोशन कार्की, राजु बस्‍नेत, श्यामबहादुर शाही, कैयाँ चौधरी, पुष्कर अधिकारी रहेका छन् । राप्रपाले सोमबार आगामी २०७८ वैशाख २५ देखि २८ सम्म काठमाडौंमा हुने महाधिवेशनलाई लक्षित गरि ‘स्थानीय तहको परिषद तथा निर्वाचन निर्देशिका’ र ‘केन्द्रीय निर्वाचन समिति सम्बन्धि निर्देशिका’ पारित गरेको थियो ।

जस अन्तर्गत जिल्ला निर्वाचन समितिको गठन २०७७ फागुन २५ भित्र गरिसक्ने, सक्रिय सदस्यता वितरण अभियानलाई २०७७ चैत १५ सम्म म्याद थप गर्ने निर्णय गरिएको छ ।

सोमबारको बैठकले वडादेखि जिल्ला तहसम्मका कार्य समितिहरुको गठन चैत मसान्त सम्ममा गरिसक्ने र महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन २०७८ वैशाख १० भित्र सम्पन्‍न गर्ने निर्णय गरेको छ । समायोजन बाँकी रहेका जिल्लाहरुको ७ दिन भित्र समायोजन गर्न पार्टीका नेताहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुव बहादुर प्रधान र भास्कर भद्रा रहेको ४ सदस्यीय समिति गठन गरेको समेत विज्ञप्तिमार्फत जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close