राजनीति

पञ्चपुरी १ मा राप्रपाकाे वडा कार्यसमिति गठन,

सुर्खेतकाे पञ्चपुरी नगरपालिका वडा नं १ हाँसेगाउमा राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा कार्यसमिति गठन गरिएको छ । कार्यक्रममा दिनेश रास्कोटीको अध्यक्षतामा १५ सदस्यीय वडा कार्यसमिति गठन गरिएकाे हाे । जसकाे उपाध्यक्षमा चक्रबहादुर पल्ली, सचिव देव बहादुर राना, कोषाध्यक्षमा डिलसरा बुढाथोकी मगर रहुनभएकाे छ ।

त्यसैगरी सदस्यमा बजिरे कामी, दिप बहादुर शाही, बिर्मा चितौरे, अम्मर बहादुर सिजाली, दल बहादुर राना, थिर बहादुर सिजाली, रुद्रप्रसाद शर्मा, कुल बहादुर चिथौरे, नर बहादुर मास्की, रेशम बहादुर चिथौरे र पवि तारामी मगर रहुनुभएकाे छ । नया समितिलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य कबिराम पुरीले बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close