राजनीति

नवीन्द्रराज जोशीको अवस्था फेरि गम्भीर,

[mashshare]

मस्तिष्काघात भइ गएकाे फागुन १४ गते शुक्रबार नर्भिक अस्पतालमा भर्ना हुनुभएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा फेरि गम्भीर समस्या देखिएको छ । जोशीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।  

जोशीको स्वास्थ्य अवस्थामा सुरुका केही दिनमा राम्रो सुधार भए पनि गएको शनिबारदेखि एक्कासी मुटुको चाल र श्वासप्रश्वासमा समस्या आएको अस्पतालले जनाएको छ । अहिले उहाँको रक्तचाप सामान्य छ भने प्रति मिनेट उहाँ आफैँले आठ/दश पटक सास फेरिरहनुभएको उपचारमा संलग्न वरिष्ठ न्युरो सर्जन डा. राजीव झाले जानकारी दिनुभयो ।  

मस्तिष्काघात हुँदा रक्तश्राव भइ उहाँको टाउकोमा रगत जमेको थियो । यस्ता बिरामीका उपचारको क्रममा फेरि समस्या आउनु स्वाभाविक परिणाम रहेको डाक्टर झाको भनाइ छ । मङ्गलवार उहाँको स्वास्थ्य अवस्था स्थिर तर जोखिमपूर्ण नै देखिएको झाले बताउनुभयो ।  ujyaalo

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close