जीवनशैलीसमाचार

दृष्टिबिहिन हरुका लागि ३ दिने अभिमुखिकरण तालिम पञ्चपुरीमा सम्पन्न,

पञ्चपुरी नगरपालिकामा रहेका दृष्टिबिहिन नागरिकहरुका लागि गमनशिलता तथा अभिमुखिकरण सम्बन्धी तालिम अाज सम्पन्न भएको छ । नेपाल नेत्रहीन संघको NAB/ DAB परियोजना अन्तर्गत सुर्खेत नेत्रहीन संघको सहजीकरणमा कार्यक्रम तालिम सञ्चालन गरिएको थियोे । पञ्चपुरी नगरपालिका भित्र रहेका न्यून दृष्टि तथा दृष्टिबिहिन हरुलाई ३ दिन सम्म तालिम संचालन गरिएको परियाेजना संयाेजक रबिन्द्र कुमार चन्दले जानकारी दिनुभयाे । तालिममा दृष्टिबिहिन लाई सेताे छडि समेत बितरण गरिएको हाे ।

कार्यक्रममा वडा नं ५ का अध्यक्ष हाेमबहादुर रामजालिले नेत्रहीन संघको कार्यक्रम राम्रो भएको र अागामि दिनमा वडा कार्यालय बाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएकाे छ ।कार्यक्रम काे समापन पञ्चपुरी नेत्रहीन संघका अध्यक्ष नर बहादुर मगरको अध्यक्षता, सुर्खेत नेत्रहीन संघका अध्यक्ष तोरण अधिकारीको बिशेष आतिथ्यता तथा परियोजना संयोजक रबिन्द्र कुमार चन्दको आतिथ्यतामा सम्पन्न भएको हाे । तालिमको सहजिकरण मेलिना बुढाथोकी र रबिन्द्र कुमार चन्दले गर्नुभएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close