समाचार

मोबाइल पड्किँदा अछाममा किशोरीको ज्यान गयाे,

[mashshare]

चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको ज्यान गएकाे छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहकाअनुसार अछामको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर ज्यान गएको हो ।

मृतक नाथ स्थानीय कुन्ती माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत थिइन् । मोबाइल पड्किँदा गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा आज ज्यान गएको प्रहरीले जनाएको छ । ujyaalo

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close