राजनीति

कांग्रेस नेता जोशीलाई श्रद्धाञ्जलीका लागि १२ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने

[mashshare]

नेपाली कांग्रेसले नेता नवीन्द्रराज जोशीको निधनपछि केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ। बैठक शनिबार बिहान साढे ११ बजे बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको निधन भएपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

श्रद्धाञ्जलीका लागि जोशीको पार्थिव शरीर शनिबार मध्याह्न १२.०० बजेदेखि २.०० बजेसम्म केन्द्रीय कार्यालयमा राखिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

जोशीको पार्थिव शरीरलाई बिहान ९ बजे नर्भिक अस्पतालबाट निकालिनेछ भने १० बजे यट्खास्थितनिवासमा श्रद्धाञ्जलीका लागि राखिनेछ। 

नेपाल काँग्रेसका नेता नवीन्द्रराज जोशीको निधन शुक्रवार साँझ ८:२४ मा नर्भिक अस्पतालमा भएको हो। ।  गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर अस्पतालले नर्भिक अस्पताललाई रिफर गरेपछि उहाँ सोही अस्पतालमा उपचाररत थिए ।  

विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मिएका नेता जोशी काठमाडौँ क्षेत्र नं. ८ बाट विसं २०७० सालमा तत्कालीन संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close