समाचार

आगलागीबाट नौ घर जलेर नष्ट,

[mashshare]

सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागीबाट नौ घर जलेर नष्ट भएका छन् । बराहताल गाउँपालिका–९ मा रहेको सिस्नेरी बस्तीमा दिउँसो चार बजेतिर आगलागी भएको हो ।

हरियाली सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किएको र आगलागीबाट अहिलेसम्म ९ घर जलेको वडाध्यक्ष युवराज कार्कीले जानकारी दिए ।

आगो नियन्त्रण गर्न प्रहरी र स्थानीयबासी खटिएपनि नियन्त्रणमा आउन सकेको छैन् । सिस्नेरी गाउँमा झण्डै १८ घरधुरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close