Uncategorized

पञ्चपुरीमा मोटर ड्राईभिङ तालिम सम्पन्न,

[mashshare]

पञ्चपुरी मोटर ड्राईभिङ ट्रेडिङ सेन्टर को आयोजना र पञ्चपुरी नगरपालिकाको सहयोगमा संचालन भएको मोटर ड्राईभिङ तालिम पञ्चपुरीमा सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिका को बाबियाचौरमा संचालन भएको तालिममा प्रत्येक वडाको सहभागीता रहने गरि २३ जनाको सहभागीता रहेको प्रशिक्षक ललित सुनारले जानकारी दिनुभएको छ । १ महिना सम्म संचालन भएको तालिममा परिक्षा पछि १० जनालाई उत्कृष्ट छनौट गरिएको छ ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथी पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र बहादुर थापाले युवाहरुलाई ब्यवसायीक बनाउनको लागि नगरपालिकाले आगामी दिनमा विभिन्न कार्यक्रम संचालन गर्ने बताउनुभयो । साथै थापाले सहभागीले सिकेको सीप ब्यवहारमा लागू गर्न पनि आग्रह गर्नुभएको छ । तालिम ट्रेनिङ सेन्टरका संचालक नगेन्द्र शाहीको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close