राजनीतिसमाचार

फ्लाेर क्रस गर्ने तीन जना सांसद मन्त्री पदमा नियुक्त

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । मुख्यमन्त्री शाहीले प्रदेश सभाबाट विश्वासकाे मत लिएपश्चात मन्त्रीपरिषद हेरफेर गरेका हुन् ।

मुख्यमन्त्री शाहीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढा, भाैतिक पूर्वाधार मन्त्री अम्मबर बहादुर थापा, उद्याेग पर्यटन वन तथा वातावरण मन्त्री कुर्मराज शाहीलाइ नियुक्त गरिएकाे मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथाेकीले जानकारी दिए ।

नवनियुक्त तीनै जना मन्त्रीले नेकपा एमालेका तर्फबाट फ्लाेर क्रस गरेर मुख्यमन्त्री शाहीकाे पक्षमा मतदान गरेका थिए ।

यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मन्त्री विमला केसीले सम्हाल्दै आएकी थिइन् भने उनलाइ आर्थिक मामिला तथा याेजना मन्त्रालय र सामाजिक विकास मन्त्रालयकाे जिम्मेवारी ताेकिएकाे छ । यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयकाे जिम्मेवारी मन्त्री नरेश भण्डारीलाइ कायमै राखिएकाे छ ।

एमाले प्रदेश कमिटीले शनिबार नै फ्लोर क्रस गर्ने तीन प्रदेशसभा सदस्यलाई पार्टीबाट निस्कासन गरेको छ भने प्रकाश ज्वालालाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close