समाचारसमाज

पञ्चपुरीका अागलागी पिडितलाई नेपाली काङ्ग्रेसद्वारा ५५ हजार बढि सहयोग,

सुर्खेतकाे पञ्चपुरी नगरपालिका वडा नं ९ काे रागमा अागलागी भएको परिवारलाई नेपाली काङ्ग्रेस पञ्चपुरी ९ बिद्यापुरले नगद सहयाेग प्रदान गरेकाे छ । नेपाली काङ्ग्रेस वडा नं ९ का सभापति तिलकराम घिमिरे सचिव डिल्लीराम बास्तोलाकाे पहलमा जम्मा भएको ५५ हजार ७ सय १६ रुपैया हस्तान्तरण गरेकाे हाे ।

प्रति परिवार ८ हजार ९ सय ५२ रुपैयाँ का दरले ६ घरपरिवार लाई रकम सहयोग गरेकाे हाे । वडा कार्यसमितिले पिडित परिवारकाे पुनस्थापनाका लागि प्रदेश र केन्द्र सरकारले सहयोग गरिदिन अाग्रह समेत गरेकाे छ । पञ्चपुरी नगरपालिका भित्र का विभिन्न ९० जनाले पिडित परिवारका लागि रकम सहयोग गरेका हुन ।

राहत रकम जिल्ला समन्वय समिति सुर्खेत का संयाेजक छबिलाल सिग्देल, पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापा, पुर्व सुचना तथा संचार राज्यमन्त्री तप्तबहादुर बिष्ट, क्षेत्रीय सभापति लालबिर भण्डारी, क्षेत्र न २ ख का सभापति कृपाराम थापाकाे राेहबरमा बितरण गरिएको हाे । सहयोग बिद्यापुरले राहत बितरण गरेकाे छ । गत साेमबार साझ सवा ६ बजे एक्कासि भएको अागलागी बाट स्थानीय काशिराम थापा, धनबहादुर थापा, देविराम थापा र नवराज थापाका घर, गाेठ, चर्पी र कुखुराको खाेर जलेर नष्ट भएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close