समाचारसमाज

देशका केही ठाउँहरुमा मेघगर्जनसहित पानी पर्ने,

[mashshare]

आज पनि बेलुकीपख काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँहरुमा मेघगर्जनसहित पानी पर्ने भएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश-१ र सुदूरपश्चिमका केही ठाउँहरुमा मौसम बद्ली भइ चट्याङ्ग परिरहेको छ ।

आज दिनभरजसो नै देशभर आंशिकदेखि सामान्य बद्ली रहनेछ । बेलुकीपख भने काठमाण्डौ उपत्यकासहित पहाडी र तराईका केही थोरै ठाउँहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । 

आज राति पनि प्रदेश-१ लगायत पहाडका केही ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना छ। 

आउँदो तीन दिनसम्म नै देशका पहाडी ठाउँहरुमा मौसम बद्ली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । ujyaalo

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close