प्रदेशसमाचारसमाज

पारिश्रमिक कटाएर पुल मर्मत

काठेपुल भत्किएको पछि प्रदेश माननियको ब्यक्तिगत सहयोग बाट पुल सुचारु भएको छ। कैलाली निर्वाचन क्षेत्र नम्बर २ क सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय तथा नेकपा एमाले कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाले आफ्नो मासिक पारिश्रमिक २३ हजार रुपैयाँ काठेपुल मर्मत मा खर्च गर्नु भएको छ ।

तत्काल सडक सुचारु गर्ने उदेश्य आफ्नो मासिक पारिश्रमिक कटौती गरेको र आफुले आफ्नो निर्वाचन क्षेत्रमा मोहन्याल गाउपालिका वडा नम्बर ६ र ७ लाई बिकास निर्माण कार्यमा पहिलो प्राथमिकता दिई सोल्टा ,चिसापानी सडक खण्ड का अब को केही बर्ष भित्र ७ वडा पक्की पुल निर्माण कार्यको पहल गर्न आफू निरन्तर लागीरहेको माननीय थापाले बताउनुभयो ।

कैलाली को मोहन्याल गाउपालिका वडा नम्बर ७ को बढीगाउ ,कारुवा जोडने काठेपुल दिन प्रती दिन जीर्ण बन्दै गए पछि चिसापानी ,सोल्टा सडक खन्डमा दैनिक ओहोरदोहोर गर्ने सयौं सवारी साधन हरुले जोखिम पुर्ण यात्रा गर्दै निकै सास्ती खेप्दै आइरहेका थिए ।

पुल मर्मत गर्न २३ हजार खर्च भएको स्थानीय लिलाराम माझीले बताउनुभयो । तत्काल पुल मर्मत हुदा दैनिक ७ नम्बर वडा कार्यलय सोल्टा देखि चिसापानी, लम्की सम्म ओहोरदोहोर गर्ने सवारी साधन र ल पैदल यात्री प्रत्यक्ष लाभान्वित भएको स्थानीय धर्मराज सोनीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close