प्रदेशसमाचार

बिषयगत शाखाकाे कार्यसम्पादन राम्रो भए पञ्चपुरी राम्रो हुन्छ: ‘पाण्डे’

सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राेमाकान्त पाण्डेले बिषयगत शाखाले राम्रो कार्य सम्पादन गरे नगरपालिकाकाे प्रगति हुने बताउनुभएको छ । रुपेन्देहि काे जिल्ला समन्वय समितिकाे कार्यालय बाट सरुवा भएर सुर्खेतकाे पञ्चपुरी नगरपालिकामा हाजिर हुनुभएका पाण्डेले यस्तो कुरा बताउनुभएको हाे । यस अघिका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल अर्घाखाँचीमा सरुवा भएपछि पञ्चपुरीमा पाण्डे हाजिर हुनुभएको हाे ।

नगरपालिकाले नया प्रशासकीय अधिकृत पाण्डेलाई आज नगरपालिकामा स्वागत समेत गरेकाे छ । स्वागत कार्यक्रममा नगर उपप्रमुख मुक्ति रेग्मीले पञ्चपुरीमा कर्मचारी सरुवा हुने क्रम बढि भएको हुदा नया प्रशासकिय अधिकृतलाई स्थानीय तहमा रहेर कम्तिमा २ बर्ष काम गर्न आग्रह समेत गर्नुभएको छ । स्थानीय र जनप्रतिनिधि मिलेर नगरपालिकाकाे बिकासमा एकजुट हुने बाताबरणको सृजना गर्न आबश्यक रहेकाे समेत बताउनुभएको छ ।

त्यस्तै नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापाले काेराेना महामारी राेकथाम गर्नु नै अहिलेकाे प्रमुख चुनाैति रहेकाे हुदा याेजना बनाएर काम गर्नुपर्नेमा जाेड दिनुभएको छ । काेराेना राेकथामका लागि सबै कर्मचारीकाे भुमिका महत्त्वपूर्ण हुने हुदा सबैकाे सहकार्य नै आजकाे आबश्यकता रहेकाे बताउनुभएको छ । नगरपालिकाले काेराेना बाट वच्न सबैलाई स्वास्थ्य मापदण्डकाे पालना गर्न पनि अनुराेध गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close