राजनीतिसमाचार

सरकारको लापरबाहीले नागरिकहरुको जीवन असुरक्षित: महामन्त्री खड्का

संघिय सरकार र प्रदेश सरकारको चरम लापरबाहीको कारणले नागरिकहरुको जीवन दिन प्रतिदिन असुरक्षित वन्दै गएको नेपाली कांग्रेसका महामन्त्री पूर्णवहादुर खड्काले आरोप लगाएका छन्।

फेसवुक स्टाटस लेख्दै महामन्त्री खड्काले देशभरिका अस्पतालमा अक्सिजन अभाव भईरहेकै अबस्थामा कर्णाली प्रदेश अस्पताल र अन्य जिल्ला अस्पतालहरुमा पनि अक्सिजन अभावले नागरिकहरुले ज्यान गुमाउनु परेको उल्लेख गरेका छन्।

उनले बिरामीको उपचारमा परेको कठिनाई भैरहेकोप्रति संघिय सरकार र कर्णाली प्रदेश सरकारको गम्भीर ध्यान आकर्षण गराउदै अक्सिजन लगायतका स्वास्थ्य सामाग्री तत्काल ब्यबस्था गर्न ध्यानाकर्षण गराएका छन्।

महामन्त्री खड्काले गत वर्ष नै नेपालमा पुनः महामारीको प्रकोप आउन सक्ने बिज्ञहरुद्वारा दिएको सुझाव र सचेत गराएको कुरालाई हल्का रुपमा लिई पर्याप्त समय हुँदाहुँदै अस्पतालमा बेड, अक्सिजन र भेन्टिलेटरको प्रबन्ध नगर्नु संघिय र प्रदेश सरकारको चरम लापरबाही भएको उल्लेख गरेका छन् ।

कर्णाली प्रदेश अस्पतालमा हिजो केही घन्टा भएको अक्सिजनको आभावलाई सुर्खेतका प्रमुख जिल्ला अधिकारीको समन्वयमा नेपालगन्जबाट आपूर्ति भएकोले स्थित सहज भएको उल्लेख छ।

कोरोनाबाट नागरिकको जीवन रक्षा गर्न सबै राजनीतिक दलहरु एकताबद्ध भए लाग्नु पर्नेमा महामन्त्री खड्काले जोड दिएका छन्। खबर दृष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close