राजनीति

कर्णालीको मन्त्रिपरिषदमा नेपाली र शर्मा मन्त्रीमा नियुक्त, बिन्दमान बिष्ट आउट,

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद विस्तार गरेका छन् । विस्तार गरिएको मन्त्रिपरिषदमा सीता कुमारी नेपाली र गोपाल शर्मा मन्त्री बनेका छन् ।

आइतबार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीसँगको भेटमा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारको मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्य विभाजनको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए र प्रदेश प्रमुख कलौनीले आइतबार नै सिफारिस बमोजिमको मन्त्रिपरिषद्को नियुक्ति, हेरफेर र कार्य विभाजन गरेको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

नेपालीलाई आन्तरिक मामिला, कानुन युवा तथा खेलकुद मन्त्रालयको र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा दिइएको छ । यस अघि आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी पाएका विन्दमान विष्ट भने आउट भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close