समाचार

पञ्चपुरीका स्वास्थ्यकर्मी टाेल टाेलमा पुगेर काेराेना परिक्षण गर्दै,

सुर्खेतकाे पञ्चपुरी नगरपालिका ले अाफ्ना नागरिकहरुकाे काेराेना परिक्षण वडामै पुगेर गर्न लागेकाे छ । नगरपालिका भित्रका लक्षण सहितका शंकास्पद बिरामीहरुकाे पिसिअार परिक्षण गर्न वडा मै पुगेर स्वाव संकलन गर्न थालिएको छ ।

नगर स्वास्थ्य शाखाकाे टाेलि सहित सोमबार स्वास्थ्य चाैकी बिद्यापुरमा ७३ जना र मंगलबार स्वास्थ्य चाैकी तातापानीमा पुगेर ३८ जनाकाे स्वाब संकलन गरेकाे छ ।

जाेखिम क्षेत्रलाई मध्यनजर गर्दै टाेल टाेलमा पुगेर पनि काेराेना परिक्षण गर्न सकिने शाखाले जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्र सालकाेटमा सबै क्षेत्रका बिरामीको पहुच कम पुग्ने भएको हुदा वडामै पुगेर सेवा दिन थालिएको नगर स्वास्थ्य शाखा प्रमुख गंगादेब पुरीले जानकारी दिनुभयो ।

बुधबार (भाेली) स्वास्थ्य चाैकी बाबियाचाैरमा स्वाव संकलन गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close