समाचार

अनुदानको अक्सिजन सिलिण्डरमा वनमन्त्रीको प्रचार,

नेपाल सरकारका वन तथा वातावरणमन्त्री प्रेम आलेमगरले अनुदानमा प्राप्त अक्सिजन सिलिण्डर र औषधिका प्याकेटमा आफ्नै तस्वीर छापेर वितरण गरेका छन्‌। हेलिकोप्टर चढेर गृहजिल्ला डोटी पुगेका मन्त्री आलेले स्वास्थ्य सामग्रीमै आफ्नो प्रचार गरेका हुन्‌।

​मन्त्री आलेले डोटीमा वितरण गरेका अक्सिजन सिलिण्डरदेखि औषधिका प्याकेटमा पनि आफ्नो तस्बिर टाँसेका छन्। चीनबाट अनुदानमा ल्याएर स्वास्थ्य सेवा विभागले दिएका अक्सिजन सिलिण्डरमा पनि आलेले आफ्नै तस्बिर टाँसेका हुन्।

जहाँ लेखिएको छ, ‘नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री।’ ​उनले जिल्ला अस्पताल डोटी, जिल्लाका ९ वटा स्थानीय तह, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पत्रकार र शिक्षकका लागि स्वास्थ सामग्री वितरण गरेका छन्‌। वनमन्त्री आलेले चीनबाट अनुदानमा ल्याइएको अक्सिजन सिलिण्डरमा पनि ‘व्यक्तिगत लगानीमा वितरण गरिएको’ भन्दै फोटोसहितको पोस्टर टाँसेका हुन्‌।

अक्सिजन र औषधिजस्तो संवेदनशील सामग्रीमा समेत आफ्नो फोटो टाँसेर प्रचार गरेपछि मन्त्री आले विवादमा तानिएका छन्। आलेले अनुदानमा आएको सिलिन्डरमा व्यक्तिगत लगानी भन्दै वितरण गरेको र यो निकै ‘तल्लो स्तरको प्रचारबाजी’ मात्रै भएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close