समाचारसमाज

महाेन्यालकाे फलेबिसाैनामा २० शैयाकाे आईसाेलेशन सञ्चालन,

कैलालीको महोन्याल गाउपालिकाले अक्सिजन सहितको आईसोलेसन सञ्चालनमा ल्याएको छ । गाउपालिकाको वडा नं ३ फलेबिसौनामा २० शैयाको आईसोलेसन केन्द्र संचालनमा आएको छ । गाउपालिका उपाध्यक्ष पुजा बुढा मगरले आज आईसोलेसनका उद्घाटन गर्नुभएको हो ।


गाउपालिकामा भारतबाट धेरैजसो नागरिकहरु आएको र कोरोना संक्रमण दर बढे संगै पुर्ब तयारीका लागि आइसोलेसन संचालनमा ल्याएको गाउपालिका उपाध्यक्ष बुढा मगरले जानकारी दिनुभएको छ । आईसोलेसनमा २३ थान अक्सिजन सिलिन्डर २ थान कन्सक्टेक्टर समेतको ब्यवस्थापन गरिएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएका कोरोना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिने र सामान्य संक्रमितलाई होम आईसोलेनमा स्वास्थ्यकर्मिको परामर्शमा घरमै बस्ने ब्यवस्था गरिएको छ । गाउपालिकाले आईसोलेसनमा रहेका बिरामीहरुको खाना तथा औषधिको निशुल्क ब्यवस्था गरेको छ भने ४ जना स्वास्थ्यकर्मिको समेत जिम्मेवारी तोकेको छ ।


गाउपालिकाले जोखिम भएको क्षेत्रमा पिसिआर र एन्टिजेन बाट कोरोना परिक्षण गर्दै आएको छ । फलेबिसौनामा सञ्चालनमा ल्याईएको आईसोलेशनमा वडा नं १,२,३,४ र ५ का संक्रमितलाई उपचार गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close