राजनीतिसमाचार

एमाले सुर्खेतको समानान्तर कमिटी अध्यक्षमा मोहनसिंह बडुवाल, सामाजिक संजालमा बधाईकाे ओईराे,

नेकपा एमाले सुर्खेतकाे समानान्तर कमिटीकाे अध्यक्षमा माेहन बडुवाल मनाेनित भए संगै सामाजिक सञ्जालमा बधाई काे अाेईराे लागेकाे छ । धेरैजसाे शुभेच्छुकहरुले पश्चिमकाे सम्भावना तथा कर्तब्यनिष्ठ नेता भएको पनि बताएका छन ।

माधव नेपाल समुहका प्रदेश सयोजक प्रकाश ज्वालाको हस्ताक्षरमा जारी विज्ञप्तीमा बडुवाल अध्यक्ष मनोनित भएका हुन । एमाले सुर्खेतका अध्यक्ष ध्रुबकुमार शाही पनि ओली पक्षमा लागेपछि बडुवाल एक्लिएका थिए । उनले केही दिनअघि आफूले गम्भीर बिचार गरिरहेको बताएका थिए ।

जसको नतिजा शुक्रबार आएको हो । उनलाई ओली पक्षमा लाग्न दबाब थियो । तर पनि उनले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिनिधि सभा विघटन गर्ने कदम गैरसंवैधानिक भन्दै कांग्रेस, माओवादी लगायत पाँच दलसँग मिलेर केही दिनअघि सुर्खेतमा विज्ञप्ति जारी गरेका थिए ।

एमाले माधव नेपाल पक्षको सुर्खेत उपाध्यक्षमा टोप बहादुर रास्कोटी, सचिबमा शिव प्रसाद उपाध्याय र उप सचिव बलबहादुर नेपाली छन् ।

नेपाल पक्षका निबर्तमान प्रतिनिधि सभा सदस्य  धुब्रकुमार शाही सुर्खेतका अध्यक्ष हुन । उनी सस्थापन पक्षमा लागेपछी समानान्तर कमिटी गठन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close