राजनीतिसमाचार

खनाल-नेपाल समूहले बोलाएको बैठकमा सहभागी नहुनु- एमाले

नेकपा एमालेको संस्थापन पक्षले खनाल-नेपाल समूहले बोलाएको बैठकमा सहभागी नहुन आग्रह गरेको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति निकालेर खनाल-नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन आग्रह गर्नुभएको हो । 

अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा एमालेको वैधानिक व्यवस्था रहेको भन्दै उहाँले पार्टीको विधान विपरीत बोलाइएको बैठकमा सहभागी नहुन आग्रह गर्नुभएको हो । 

पार्टीले कारबाही गरेको अनधिकृत व्यक्तिले नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बोलाएको भन्ने सूचना प्राप्त भएको र त्यस्तो क्रियाकलापको आफूहरुले निन्दा गर्ने सचिव तामाङले निकाल्नुभएको विज्ञप्तिमा भनिएको छ । उज्यालो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close