राजनीतिसमाचार

हप्ता दिनभित्र पञ्चपुरीमा नेकपा एमालेका दुई पक्षको छुट्टाछुट्टै भेला सम्पन्न ,

नेकपा एमाले पन्चपुरी नगर कमिटीकाे आयोजनामा कार्यकर्ता भेटघाट तथा भेला पञ्चपुरीकाे बाबियाचाैरमा सम्पन्न भएको छ । नेकपा एमाले पञ्चपुरी नगर कमिटीका सह संयाेजक तुलबहादुर सहकारीको अध्यक्षतामा भएको सम्पन्न भएको हाे ।

भेलाकाे सम्बाेधन गर्दै नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कडेलले मुल पार्टी एमालेभएको र गुट उपगुटमा लागेका हरु आफ्नै मुल पार्टीमा फर्कन अाग्रह समेत गरेका छन । त्यसैगरी पुर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले मन्त्रीमा वाहल रहदा गरेका कामहरु पूरा गर्न प्रतिबद्ध रहेकाे बताएका छन ।

भेलामा सुर्खेत जिल्ला पार्टी अध्यक्ष धुर्बकुमार शाही, सुर्खेत जिल्ला पार्टी उपाध्यक्ष अमृत बिसी, जिल्ला कमिटी सचिवालय सदस्य ईन्द्र केसी लगायतको उपस्थिति भएको थियो ।

भेलाले यस अघि पञ्चपुरीका विभिन्न कार्यक्रम तथा बैठकमा नेकपा एमालेकाे प्रतिनिधित्व गर्दै आएका मनबहादुर बिक काे नाम हटाएर नगर कमिटी सचिब भिमबहादुर रावतलाई प्रतिनिधि पठाउने समेत निर्णय गरेकाे छ ।

पछिल्लो चरणमा पार्टीको हित बिपरित गतिविधि गरेका माधव नेपाल पक्षका नेता कार्यकर्तालाई मिलेर जान आग्रह गर्ने समेत बैठकले निर्णय गरेकाे सचिब भिमबहादुर रावतले जानकारी दिएका छन ।

यता नेकपा एमाले माधव नेपाल पक्षका कार्यकर्ता हरुले यस अघिनै भेला राखि आफुहरु नै एमालेकाे आधिकारीक पार्टीकाे कार्यकर्ता भएको दावि गरेका छन । पञ्चपुरी नगरकमिटी का अध्यक्ष मनबहादुर बिकलाई हटाएर रमेश बाैडेल लाई अध्यक्ष समेत बनाईसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close