
सी चिनफिङले प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको सार्वजनिक जीवनकै सबैभन्दा ठूलो चुनौती दिएका छन्। यस्तै चुनौती सन् १९५९–६२ मा माओले नेहरुलाई दिएका थिए। आगामी केही दिन, हप्ता, महिना र वर्षमा यसैलाई मध्येनजर गरेर मोदीले निर्णय लिनेछन्, जसले उनको मुलुकको रणनीतिक भाग्य निर्धारण गर्नेछ। त्यही निर्णयले उनको आफ्नै राजनीतिक विरासत समेत निर्माण गर्नेछ।
मोदीको मनमा के छ, पत्ता लगाउन निकै चुनौतीपूर्ण छ। गएको ६ वर्षमा उनले एकदमै अप्रत्याशित निर्णय लिने नेताको छवि बनाएका छन्। महत्वपूर्ण रणनीति र विदेशनीतिमा समेत मोदीले ‘सरप्राइज’ दिँदै आएका छन्। काबुलबाट फर्किंदा उनले अचानक पाकिस्तानमा ओर्लेर प्रधानमन्त्री नवाज सरिफलाई भेटेको सम्झना छ?