
सोमबार विभिन्न ५ देशबाट झण्डै ७ सय नेपाली फर्किने भएका छन्।
नागरिक उड्डयन प्राधिकरणका अनुसार सोमबारलाई ५ वटा उडान तय भएका छन्।
सोमबार हिमालयन एयरलाइन्सले पाकिस्तानबाट ७५ जना नेपाली ल्याउँदै छ। यस्तै हिमालयन एयरलाइन्सले नै माल्दिभ्सबाट १ सय ५६ जना ल्याउने तय भएको छ।
नेपाल एयरलाइन्सले बहराइनबाट १ सय ५० जना ल्याउने, एयर अरेबियाले यूएईबाट १ सय ५० र जजिरा एयरले कुवेतबाट १ सय ५० जना ल्याउने तयारी छ।
सरकारले जेठ २१ गतेदेखि देशमा अलपत्र नागरिकलाई स्वदेश ल्याउने निर्णय गरेको हो। योसँगै झण्डै साढे ५ हजार नेपाली स्वदेश फर्किसकेका छन्।