प्रदेशसमाज

मोहन्यालमा उपाध्यक्ष उज्यालो कार्यक्रम,

समृद्ध जनता शिक्षा र पुर्वाधार ,मोहन्यालको बिकासको आधार भन्ने मुलनारा सहित मोहन्याल गाउँ पालिकाको आर्थिक बर्ष ०७८/०७९ को नीति तथा कार्यक्रम सर्वसहमत बाट पारित भएको छ ।कार्यवाहक अध्यक्ष पुजादेवी बुढामगरको सभाध्यक्षता बसेको ८ औ गाउ सभामा बिश्वब्यापी रूपमा फैलिएको कोभिड १९ लाई नियन्त्रण गर्ने पहिलो प्राथमिकता दिइएको छ।

यश बर्ष मोहन्यालका सबै नागरिकलाई निशुल्क स्वास्थ बिमा गर्ने ,पन्डौन स्वास्थय चौकी र सुगरखाल स्वास्थय चौकी लाई १५/१५ शैयाको अस्पताल बनाउने । सुत्केरी आमा लाई पोषण कार्यक्रम ,टोल टोलमा स्वास्थय शिबिर संचालन गर्ने ,महिला स्वास्थय स्वयं सेबिका लाई प्रोत्साहन कार्यक्रम , आबश्यक स्थानमा स्वास्थ इकाई ,र बालबिकास केन्द्र स्थापना गर्ने भएको छ ।

उपाध्यक्ष उज्यालो कार्यक्रम ,उपाध्यक्ष खरको छाना मुक्त गाउँ ,अध्यक्ष कृषि आधुनिक परियोजना लाई निरंतरता दिइएको छ। शैक्षिक उपलब्धिको आधार बिध्यालयलाइ अनुदान दिने , एक बिध्यालयमा कम्तीमा २० बिरुवा रोप्ने, शिक्षक दरबन्दी यसै बर्ष टुग्याउने,बालबिकास सहयोगी कार्यकर्ता मासिक तलब १५ हजार पुर्याउने, नमुना बिध्यालयको बनाउने ,शुद्ध खानेपानी ,सिचाइ ,को ब्यबस्थापन गर्ने, आदिवासी जनजातीको सास्कृतिक भाशा र पोशाकको संरक्षण र प्रबर्द्धन गर्ने, सुदूरपश्चिमेलि खस आर्यको भासा र सस्कृती संरक्षण गर्ने ,सहिद परिवार ,दलित दन्द्द पिडित जेष्ठ नागरिक ,अल्पसंख्यक लाई बजेट को ब्यबस्था समेत गरिने भएको छ।

युवाहरुलाइ रोजगार को शृजना गर्ने , सोल्टा ताम्चा हुँदै राक्सा खिमडी सडक निर्माण गर्ने,सिमली खिमडी ,चिसापानी सोल्टा,तालबन्द कटौजे ,खनियार्ताल ,बालुवागडा ,कटौजे , खनियाताल ,फलेबिसौना सुगरखाल लम्की राजकाडा ,चायाभावर रिङ्ग रोड लाई को स्त्तर उन्नति गर्ने, गाउपालिकाको प्रशासनिक भवन ,इलाका प्रहरी कार्यलय पन्डौन को भवन र फलेबिसौनामा ईलाका प्रहरी कार्यलय स्थापना गर्ने भएको छ ।

मोहन्यालको वन फडानी नियन्त्रण गर्ने,गोबर ग्यास ,बैकल्पिक उर्जा को ब्यबस्था गर्ने पर्यटनको गुरु योजना सहित का जनमुखी कार्यक्रम नीति तथा कार्यक्रममा रहेको छ। कार्यक्रम आर्थिक बर्ष ०७८/०७९ को आर्थिक बिकास तर्फ १ करोड २० लाख पुर्वाधार तर्फ १ करोड ९ लाख ९१ हजार ६ सय ,सामाजिक बिकास तर्फ ३ करोड २५ लाख ,बाताबरण र बिपत ब्यबस्थापनमा २५ लाख ,शुसासन र सस्थागत बिकास तर्फ २० लाख ,लैग्गिक तथा समाबेशीकर तर्फ २० लाख , समपुरक तर्फ १ करोड ७० लाख र कार्यलय चालू तर्फ ५ करोड ८५ लाख ११ हजार जम्मा ४५ करोड ५८ लाख२७ रुपैयाँ बजेट कार्यवाहक अध्यक्ष पुजा देवि बुढामगरले प्रस्तुति गर्नु भएको थियो ।कार्यक्रमको सन्चालन प्रमुख प्रसासकिय अधिकृत रुपेश कुमार शर्मा बरालले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close