राजनीतिसमाचार

बिष्टकाे निधनले पार्टीमा ठुलाे क्षेती पुगेकाे नेता शाहीकाे भनाइ,

नेपाली काङ्ग्रेस क्षेत्र नं २ को अायाेजनामा स्वर्गीय पुर्व सुचना तथा संचार राज्यमन्त्री तप्तबहादुर बिष्टको सम्झनामा श्रद्धाञ्जली सभाकाे आयाेजना गरिएको छ । नेपाली काङ्ग्रेसको पार्टी कार्यालय बाबियाचाैरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हाे ।

श्रद्धाञ्जली सभामा बाेल्दै धेरैजसाे नेता तथा कार्यकर्ताले बिष्टले देखाएको बाटाे सबैजनाले अनुसरण गर्नुपर्ने बताएका छन । कार्यक्रममा स्व. बिष्टका भाइ बलबहादुर बिष्टले दाजुले देखाएको बाटाे र पश्चिम सुर्खेतका जनतालाई आफ्नाे दाजुकाे खाचाे नहुने गरि सबै कार्यकर्ताकाे घरमा पुगेर भेटघाट तथा सान्त्वना दिने बताएका छन ।

सभाका प्रमुख अतिथी नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलका नेता जीवन बहादुर शाहीले बिष्टले गरेका अधुरा कामलाई आफुले पूरा गर्ने समेत बताएका छन । बिष्टले गरेका काम काे स्मरण गर्दै नेता शाहिले बिकास प्रेमी नेता गुमाउदाकाे पीडा असह्य भएको बताएका छन ।

शाेकलाई शक्तिमा बदल्दै बिष्टका सपना पूरा गर्नु काङ्ग्रेसको प्रमुख कर्तव्य रहेकाे समेत नेता शाहिले बताएका छन। त्यस्तै कर्णाली प्रदेशका सामाजिक बिकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बिष्टको निधनले पश्चिम सुर्खेतलाई ठुलाे क्षेती पुगेकाे बताए ।

निर्वाचित भएको ४ बर्षमै चामत्कारीक रुपमा बिकाश गर्ने नेताका रुपमा बिष्ट स्थापित भएकोले नै सबैकाे आखाबाट आशु बगेकाे बताएका छन । बुढाक्षेत्रीले कुनै पनि कार्यकर्ता बिचलित नहुन आग्रह समेत गरेका छन ।

कार्यक्रममा सम्पुर्ण नेता तथा कार्यकर्ताले बिष्टलाई श्रद्धाञ्जली समेत दिएका छन । क्षेत्रीय सभापति लालबिर भण्डारीकाे अध्यक्षता भएको कार्यक्रम प्रदेश २ ख का सभापती कृपाराम थापाले सञ्चालन गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close