अन्तर्राष्ट्रियप्रदेशसमाज

बाढीपहिरोले नेपालमा पुर्याएको क्षतिप्रति भारत र पाकिस्तानद्वारा दुःख व्यक्त

[mashshare]

बाढीपहिरोले नेपालमा पुर्याएको धनजनको क्षतिप्रति भारत र पाकिस्तानले दुःख व्यक्त गरेका छन् ।

पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरैशीले ट्वीट गरेर दुःखको घडीमा नेपाली जनताको साथमा रहेको बताएका छन् ।

विदेशमन्त्री कुरैशीले ट्वीटरमा लेखेका छन्, ‘बाढी र पहिरोले उत्पन्न संकटप्रति हामी नेपाली जनताप्रति समवेदना व्यक्त गर्दछौं । हामी नेपाली जनताको साथमा छौं र प्रभावित परिवारका लागि प्रार्थना गर्दछौं ।’


यसैगरी नेपालस्थित भारतीय दूतावासले पनि ट्वीट गर्दै नेपालका बिभिन्न जिल्लामा बाढी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

‘सिन्धुपाल्चोकलगायत नेपालका बिभिन्न जिल्लामा बाढी र पहिरोको कारण भएको जनधनको क्षतिप्रति दुःखी छौं,’ भारतीय दूतावासले लेखेको छ, ‘आफन्त गुमाएका परिवारप्रति समवेदना र प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दछौं ।’

शुक्रबार साँझ ७ बजेसम्म नेपालका ८ जिल्लामा गएको बाढी र पहिरोमा परेर २३ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता छन् । २६ जना घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close