प्रदेशसमाज

चौकुनेमा पेश्की लिएको २ बर्षपछि एम्बुलेन्स

[mashshare]

चौकुने गाउँपालिकामा नयाँ एम्बुलेन्स खरिद गरिएको छ । चौकुने गाउँपालिका वडा नं. २ मा रहेको बाँसपानी स्वास्थ्य चौकीबाट सञ्चालन हुनेगरी गाउँपालिकाले आर्थिक बर्ष २०७४÷०७५ मा १२ लाख बजेट विनियोजन गरेको थियो । बजेट विनियोजन भएको २ बर्षपछि आ.व. २०७६÷०७७ मा गाउँपालिकामा एम्बुलेन्स आइपुगेको छ ।

एम्बुलेन्स खरिदको जिम्मेवारी पाएका चौकुने गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष लछिराम आलेमगरले एम्बुलेन्स खरिद गर्न दुई बर्ष लगाएका छन् । गाउँपालिकाबाट प्राप्त गरेको रकम व्यक्तिगत प्रयोजन गरेको स्थानीयको गुनासोसंगै गाउँपालिकादेखि अख्तियारसम्म मुद्धा मामिला गरेपछि दुई बर्षपछि एम्बुलेन्स खरिद गरिएको हो । वडा अध्यक्षले एम्बुलेन्स खरिददेखि विकास निर्माणको बजेट अनियमितता गरी व्यक्तिगत लाभ उठाउने काम गरेको स्थानीयले आरोप लगाएका छन् ।

गाउँपालिकाका उपाध्यक्ष निर्मला मगरले एम्बुलेन्सलाई एम्बुलेन्सकै रुपमा संचालन गराई आम नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँच बढाउन सहयोग गर्ने बताए । एम्बुलेन्स खरिद गर्न करिब दुई लागेको वडा अध्यक्ष लछिराम आलेमगरले स्वीकार गरेका छन् । टाटा स्वरुमसंग सम्झौता गरी ५ जेठ २०७५ सालमा नै टोटल रकम पठाइसकेको पछि उक्त टाटा स्वरुमले एम्बुलेन्स खरिद प्रक्रिया ढिलाई गरेपछि बासपानी स्वास्थ्य चौकीको खातामा रकम फिर्ता गरेको वडा अध्यक्ष आले मगरको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close