प्रदेशसमाज

कर्णालीमा शनिवार १८ जना कोरोनामुक्त

[mashshare]

कर्णाली प्रदेशमा शनिवार १८ जनाले कोरोना जितेर घर फर्किएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १ जना, चौकुने गाउँपालिकाको आइसोलेसनबाट ५ जना, पञ्चपुरी नगरपालिकाको आइसोसेलनबाट ५ जना, जाजरकोटको छेडागाड नगरपालिकाको आइसोलेसनबाट ३ जना र जिल्ला अस्पताल जाजरकोटबाट ४ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कर्णालीमा हालसम्म कोरोना संक्रमणबाट निको भई घर फर्कनेको संख्या एक हजार ३ सय ६५ पुगेको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

त्यस्तै, कर्णालीमा पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ३ जना, सल्यानका १ जना, रुकुमपश्चिमको चौजहारीमा गरिएको परीक्षणमा रुकुमपश्चिमका १ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका २ जनामा कोरोना संक्रमण देखिएको डा. तिवारीले बताए । यो संगै

कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ५ सय ९५ पुगेको छ ।
२ सय २४ जना संक्रमितहरुको भने विभिन्न अस्पताल र आइसोलेसनमा उपचार भइरहेको छ । हालसम्म कर्णालीमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close