प्रदेशसमाज

काठमाडौं उपत्यकामा संक्रमित बढ्दै, मास्क नलगाउने ९६ जनालाई जरिवाना

[mashshare]

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । तर, सावधानी अपनाउने क्रम भने घटिरहेको छ । सडकमा मास्क नलगाई हिड्ने, भीडभाड गर्ने, होटल रेष्टुरेष्ट र चिया पसलमा जम्मा हुने र भेटघाट गर्नेहरु बाक्लिएका छन् । सरकारी तथा गैरसरकारी कार्यालय र व्यवसायिक प्रतिष्ठानहरुमा पनि मानिसको चाप बढ्दो छ ।

शुक्रबारमात्रै काठमाडौंमा २८, ललितपुरमा १३ र भक्तपुरका एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । तर, सर्वसाधारणले सामान्य सावधानी समेत अपनाउन छाडेपछि संक्रमणको जोखिम बढेको छ । 

सामान्य सावधानी नअपनाउने र मास्क समेत नलगाउनेहरुलाई प्रहरीले कारवाही गर्न थालेको छ । मास्क र सेनिटाइजर प्रयोग नगर्ने तथा एक अर्काबीच भौतिक दूरी समेत नराख्दा संक्रमणको उच्च जोखिम रहेको भन्दै स्वास्थ्य सावधानीका लागि प्रहरीले ‘ठाउँको ठाउँ’ कारवाही गर्न थालेको हो । संक्रमितको संख्या दिन दिनै थपिएपनि सडकमा हुने मानिसहरुले भने सावधानी अपनाउन छाडेपछि गृह मन्त्रालयले कारवाही गर्न निर्देशन गरेको थियो ।

काठमाडौं, ललितपुर र भक्तपुरमा प्रहरीले सावधानी नअपनाउनेहरुलाई कारवाही गर्न थालेको छ । शुक्रबारसम्म तीन जिल्लामा गरी एक हजार तीन सय पाँच जनालाई कारवाही गरिएको महानगरीय प्रहरी प्रवक्ता एसएसपी सुशीलकुमार यादवले जानकारी दिए । तीमध्ये काठमाडौंका ५ सय ३० जना, ललितपुरका २ सय १२ जना र भक्तपुरका ५ सय ६३ जना रहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close