शिक्षासमाचारसमाज

पञ्चपुरीका संस्थागत बिद्यालय संचालकद्धारा नगरप्रमुखको ध्यानाकर्षण

[mashshare]

आफ्नो देशव्यापि अभियान अन्तर्गत प्याव्सन तथा एनप्याबसनले शुक्रबार पञ्चपुरी नगरपालिका समक्ष ध्यानाकर्षण पत्र वुझाएका छन् । पञ्चपुरी नगरपालिकाका नगर प्रमुख उपेन्द्रबहादुर थापालाई ध्यानाकर्षण पत्र बुझाउँदै प्याब्सन र एनप्याब्सनले नेपाल सरकारका विभिन्न निकायहरुमा पटक–पटक आग्रह गरेपनि ठोस निष्कर्ष नआउँदा विद्यालयहरुका दैनिक गतिविधी सञ्चालन गर्न कठिनाई भएकाले अर्को सूचना प्रकाशन नभएसम्मका लागि विद्यालय बन्द रहने जानकारी गराएक छन् ।


ध्यानाकर्षण पत्रमा प्याबसन र एनप्याबसनले कोभिड–१९ का कारणले तहसनहस भएको विद्यार्थीहरुको पाठनपाठनलाई सुचारु गर्नका लागि नयाँ विद्यार्थी भर्ना, अध्यनरत विद्यार्थीहरुको अभिलेखिकरण गरि पाठ्यपुस्तक लगायतका शिक्षण सामाग्रीहरुको व्यवस्थापन गर्ने वातावरण यथाशिघ्र निमार्ण गर्ने, अनलाईन कक्षा पुर्णरुपमा सञ्चालन गर्न सम्भावना कम भएकाले विद्यालयमा आवश्यक व्यवस्थापन सहित जोर–विजोर वा आलो–पालो प्रणालीमा कक्षा सञ्चालन गरि विद्यार्थीहरुको पठनपाठन गर्ने व्यवस्था गर्न आग्रह गरिएको छ ।


त्यसैगरी क्वारेन्टाइन सञ्चालनका लागि प्रयोग गरिएका विद्यालयको निर्मलिकरण गर्ने, शिक्षा नियमावली व्यवस्था भए बमोजिमको पठनपाठ्न हुने दिन पुगाउनका लागि बिदाहरु कटौती गरि शैक्षिक क्यालेण्डर निमार्ण गरिनु पर्ने, निजि विद्यालहरुले शैक्षिक सत्र २०७६ को बाँकी बक्यौता उठाउन नसकेको र २०७७ सालमा कुनै पनि शुल्क लिन नपाएकाले कर्मचारी तथा शिक्षकहरुको उचित व्यवस्था गरिदिनहुन ,घर बहाल कर, व्यवसायिक कर, महसुलमा छुट सहित ७ वटा बुँदामा ध्यानाकर्षण गराएको थियो ।
ध्यानाकर्षण पत्रमा धर्मराज बयक, पदमराज रिमाल, कृपाराम थापा, दुर्गा प्रसाद चौलागाइ, झक्की सिजापती लगाएतले हस्ताक्षर गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close