प्रदेशसमाचारसमाज

कर्णाली प्रदेश सरकारको बैठकका निर्णय सार्वजनिक

[mashshare]

कर्णाली प्रदेश सरकार मन्त्रिपरिषदको गत २०७७ साल असार २८ गते आइतवारको बैठकमा भएका निर्णयहरु सार्वजनिक गरिएको छ ।

प्रदेश सरकारले असार २८ मा गरेको विभिन्न ४ वटा निर्णयहरु आज सावन ५ गते सार्वजनिक गरेको हो । प्रदेश सरकारले १-कर्णाली प्रदेश विशेष अनुदान सम्बन्धी कार्यविधि २०७५ को तेस्रो सशोधन स्विकृत गर्ने । २-कर्णाली प्रदेश आन्तरिक लेखापरिक्षण निर्देशिका २०७७ र कर्णाली प्रदेश जिन्सी मालसामान लिलाम बिक्रि निर्देशिका २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यस्तै ३- प्रदेशमा समायोजन भइ आएका कर्मचारीहरुको वैयत्तिक विवरण ( PIS) अद्यावधिक गर्ने सम्बन्धमा प्रदेश समायोजन भइ आएका कर्मचारीहरुको वैयत्तिक विवरण (PIS) अद्यावधिक गर्नको लागि सो विवरण उपलब्ध गराइदिन नेपाल सरकारसँग अनुरोध गर्ने । साथै प्रदेशका कर्मचारीहरुको वैयत्तिक विवरण अध्यावधिक गर्नका लागि मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयलाइ नियन्त्रित पहुँच (Controlled Access) उपलब्ध गराउन समेत अनुरोध गर्ने ।

४-मन्त्रालयहरुवाट मन्त्रिपरिषदमा पेश हुने कानुनी विषय जोडिएका दस्तावेजहरुलाइ कानुनी रुपले परिपक्क बनाउने सम्बन्धमा मन्त्रालयहरुले मन्त्रिपरिषदमा पेश हुने कानुनी दस्तावेज र प्रस्ताव( कानुनी विषय जोडिएका ) तयार गर्दा मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालयका सचिव (कानुन) लाइ समेत अनिवार्य रुपमा सहभागी गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता मन्त्री विमला केसीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button
Close